धनकुटा घर भई धरान बस्दै आएकी कविता राई भने फरक किसिमकी छिन् । जो अपाङ्ग श्रीमानको पालनपोषणका लागि ई-रिक्सा अर्थात् सिटी सफारी चालक छिन् । श्रीमान्को जन्मजात नै एउटा खुट्टा छैन अहिलेसम्म मैले नै उहाँलाई पाल्दै आएको छु उनले भनिन् । धनकुटा रहँदा नै विवाह भएकी उनी परिवार धान्नका लागि सहर हान्निइन् । धरान आएपछि के गर्ने कसो गर्ने ? उनमा कौतुहलता छायो ।
उनले आफैले सिटी रिक्सा किनिन् र कुदाउन थालिन् । बजारको प्रतिस्पर्धामा आएपछि उनमा आफ्नो कमाइप्रति गौरव गर्ने भावना र समाजको सम्मान दुवै थपिएको छ । अहिले रिक्सा चलाएर परिवार धान्न सक्दा उनी खुसी छिन् । एउटा छोरी छन् उनको पढाइ खर्च र श्रीमान पाल्न पुगेकै छ अलि अलि बचत पनि गर्ने गरेको छु । उनले भनिन् ।
पुरूषले मात्र सवारीसाधन चलाउन सक्छन् भन्ने सोंच भएका र श्रीमानको कमाइमा मात्रै बाँच्ने महिलाका लागि यो गतिलो झापड उनले पनि ठानेकी छिन् पहिला पहिला त केही गर्न सक्दिनँ कि जस्तो लाग्थ्यो उनले थपिन् र आँट कसेर निस्किएपछि सम्भव हुने रहेछ भन्ने थाहा पाइसकेको छु । उनी प्राय भानुचोकमा भेटिन्छिन् । यस्तै धरानकी मिरा लामा ९ वर्षअघि श्रीमान बितेपछि आफैले केही गर्नुपर्छ भन्दै लागिपरिन् । उनले सिटी सफारी किनिन् ।
सिटी सफारीले अहिले छोराछोरीको पढाइ लगायत परिवार धान्दै आएकी छिन् ।छोरीलाई ठेलामा व्यापार गरेरै इन्जिनियर बनाएर गर्ववान्वित उनी हाल छोरा कक्षा–११ मा पढ्दै गर्दा खुशी छिन् । पहिला ठेला ठेलेरै उनले जेठी छोरीलाई इन्जिनियर पढाइन् र इन्जिनियर बनाइन् । जेठी छोरी पूजा लामा इन्जिनियरिङ बनिसकेकी छिन् कान्छी छोरी कविता लामा ब्याचलर पढिसकेकी छिन् ।
ठेला ठेलेरै त्यतिबेलै उनले घरजग्गा जोडिसकेको बताइन् । अहिले ६ वटा रिक्सा किनेर अन्य महिलालाई पनि उनले आत्मनिर्भर बनाउँदै आएकी छिन् । उनको लक्ष्य अब ग्यारेज खोलेर अझै धरानका महिलालाई आत्मनिर्भर बनाउने छ । उनी हाल अखिल नेपाल रिक्सा चालक सङ्घकी अध्यक्ष समेत छिन् ।
यो पनि पढ्नुस
२ वर्षअघि हिजो २०७४ फाल्गुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगाल एयरलाइन्सको जहाज दु*र्घटनामा परी मृ*त्यु भएका परिवारलाई विपक्षीका अधिवक्ताले ध*म्की दिएको भन्दै उनीहरुले निस्पक्ष छानबिनको माग गरेका छन् । हिजो (मंगलबार) राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी ७ वटा मृ*तकका परिवारले विपक्षीका अधिवक्ता देवेन्द्र प्रधानले पत्र लेखी ध*म्की दिएको भन्दै उनीहरुले निस्पक्ष छानबिनको माग गरेका हुन् ।
मृ*तकमध्ये ७ वटा परिवारले उचित क्षतीपूर्तीको माग राख्दै यूएस बंगला एयरलाइन्सका विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका थिए । जसअनुसार गत कात्तिक २० गते पहिलो पेशी थियो । तर विपक्षीका अधिवक्ता प्रधानले ७ जनाको मुद्दामध्ये श्रेया झाको बाहेक अन्य ६ जनाको मुद्दा अदालतले खारेज गर्ने भन्दै पत्राचार गरेका थिए । पत्रमा प्रधानले पीडितलाई कोर्ट फिका रुपमा ३० लाख रुपैयाँ बुझाउनुपर्ने भएकाले यसले पीडितलाई अझ बढी असर गर्ने भन्दै बिचार पुर्याएर मात्रै काम गर्न सुझाव दिएका थिए ।
पीडितका तर्फबाट मुद्दा दायर गर्ने अधिवक्ता अमृत खरेलले विपक्षीका अधिवक्ता प्रधानले मुद्दामा सुनुवाई नहुँदै ५ दिन अगावै मुद्दा खारेज हुँदैछ भन्दै पत्र लेख्नु स्वतन्त्र न्यायापालिकालाई प्रभावमा पार्न खोजेको बताएका छन् । अधिवक्ता प्रधानले धम्कीपूर्ण पत्र लेखेपछि पीडितहरुले मुद्दालाई कात्तिक २० गते स्थगित गर्न अदालतमा निवदेन दिएका थिए । उनका अनुसार यो स्वतन्त्र न्यायापालिकालाई प्रभावमा पार्ने काम भयो, प्राकृतिक न्यायको सिद्दान्त विपरीत भएको छ ।
खरेलले विपक्षी अधिवक्ता प्रधानले पत्र लेख्नुलाई व्यवसायिक मर्यादा र कानूनी व्यवसायीको पेशागत आचारसंहिता विपरीत गम्भीर चलखेल भएको समेत आरोप लगाएका छन् । प्रधानले पत्रमार्फत मुद्दा अदालतमा वर्षौसम्म रहने दाबी गर्दै अदालत बाहिर आपसी समझदारीमा टुंगो लगाउन समेत सुझाव दिएका छन् । अन्यथा यूएस बंगला कानूनी प्रक्रियाका लागि लड्न तयारी अवस्थामा रहेको समेत उल्लेख छ ।
पीडित परिवारले उनीहरुले जीवनभर कमाउने आय, पढाई खर्चलगायतका सबै कुराको मूल्यांकन गरी मुम्बईस्थित ग्लोवल रिस्क कम्पनीले प्रति परिवार ३० करोड रुपैयाँ क्षतिपूर्ती निर्धारण गरेको थियो । उक्त कम्पनीको सोही क्षतिपूर्ती माग राख्दै पीडित परिवारले प्रति परिवार ३० करोड रुपैयाँ क्षतिपूर्ती पाउने गरी यूएस बंगलाविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । पीडित परिवारले हालसम्म प्रति परिवार २० हजार डलर पाएका छन् भने यूएस बंगलाले पीडित परिवारलाई प्रति परिवार ५० हजार डलरसम्म क्षतिपूर्ती दिन सक्ने बताउँदै आएको मृ*तक एञ्जिला श्रेष्ठका बुबा विदुरमान श्रेष्ठले बताएका छन् ।
मुद्दा दर्ता गर्नेमा मृ*तक एञ्जिला श्रेष्ठका पिता विदुरमान श्रेष्ठ, आस्ना शाक्यका पिता राजभाइ शाक्य, प्रिन्सी धामीका पिता मनोज धामी, निगा महर्जनका पिता दीपक महर्जन, निली महर्जनका पिता राजकुमार महर्जन, सञ्जय महर्जनका पिता श्यामकुमार महर्जन र श्रेया झाका पिता लक्षमण महर्जन रहेका छन् ।
बंगलादेशमा एमबीबीएसको अध्ययन पूरा गरी स्वदेश फर्कने क्रममा भएको दु*र्घटनामा परी उनीहरुले ज्यान गुमाएका थिए । दु*र्घटना भएको मितिले २ वर्षभित्रमा अदालतमा मुद्दा दायर गर्ने हदम्याद रहन्छ । सोही अनुसार पीडितहरुले मुद्दा दर्ता गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१