कावासोती । टाईगर टप्स सुईसएयर प्रि प्राईमरी स्कुल कावासोती १५ मा राईनो आर्टस प्रतियोगिता आयोजना गरियो । किंड्सी होलगेट फाउनेडेशनको आयोजनामा गरिएको प्रतियोगितामा मधयवर्ती क्षेत्रका ११ बटा बिद्यालयका करिव २ सय बालबालिकाहरु सहभागी बनेका थिए ।
बिशेष गरी बालबालिकालाई रानो उम्मेरमै संरक्षणप्रति सचेत गराउन यस्तो प्रतियोगिता संचालन गरिएको संरक्षणकर्मी डिबी चौधरीले बताए । यस्ता कार्यक्रम मार्फत भविश्यमा वन्यजन्तु संरक्षणमा टेवा पुग्ने विश्वास सरोकारवाहरुले व्यक्त गरेका छन् ।
अफ्रिका र नेपालको गैंडा बचाउ अभियानमा लागेको फाउण्डेसनले उत्कृष्ट हुने ३ जनालाई पुरस्कार प्रदान गर्यो । सोही अवसरमा थारु समुदायको विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१