दोलखा। आइतबार चौतारा साँगाचोकगढी नगरपालिका ९ को सुकुटेस्थित सुनकोशी नदीमा भएको बस दु’र्घ’टनामा ज्या’न गुमाएका १४ वर्षीय रिकेश खड्का ६४ वर्षीय हरिबहादुर खड्काका एक्ला सन्तान हुन् । दुईवटा विवाहबाट सन्तान नजन्मिएपछि तेस्रो विवाह गरेका हरिबहादुरको ५० वर्षको उमेरमा जन्मिएको एक्लो छोराको समेत दुर्घटनामा नि’धन भएपछि उनी गहिरो पी’डामा छन् । छोरालाई इन्जिनियर बनाएर विकासमा लगाउने खड्काको इच्छा सुनकोशीमा क्षणभरमै विलिन भयो।
सोही दुर्घट’नामा ज्या’न गुमाएकी २० वर्षीय कविता राउतको सरकारी जागिर खाएर अधिकृत बन्ने लक्ष्य रहेको उनकी फुपू सरस्वती राउतले बताइन् । सदरमुकामको कालिञ्चोक माविबाट भर्खरै एजुकेशन साइन्समा प्लसटुमा ३ दशमलब ४१ जीपीएसहित क्याम्पस प्रथम भएकी थिइन।
सरकारी जागिरको तयारी कक्षा र स्नातक तहको पढाइका लागि भर्ना हुने लक्ष्यसहित बिहान हाँसीखुशी बस चढेकी कविताको नि’धनको खबरले उनकी आमा अम्बिका राउत छिन छिनमा मु’र्छा पर्छिन्।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१