कावासाेति । व्यस्त महेन्द्रराजमार्ग अन्तरगत कावासोती नारायणगढ खण्डको लोकाह पुलमा अज्ञात समुहले शंकास्पद वस्तु (बम) राखेपछि त्यहाँ त्रास फैलिएको छ । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीबाट ४ किलोमिटर पूर्व रहेको लोकाह पुलको दायाँ उत्तरतर्फको ग्याबिनमा रातो कपडामा बेरेर तार बाहिर निक्लिएको अवस्थामा शंकास्पद वस्तु देखिएपछि सुरक्षा सतर्कता अप्नाइएको छ ।
सो पुललाई नेपाल प्रहरी र सशस्त्रको टोलिले घेरा हालेर राखेको छ । जिल्ला प्रहरी प्रमुख अर्जुन रानाभाटले शंकास्पद वस्तु देखिएकाले सेनाको बम डिस्पोजल टोलिलाई खबर गरेको जानकारी दिए । उनले शंकास्पद वस्तु तर्साउने उद्धेश्यले मात्र राखिएको हुनसक्ने जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१