ज्ञानु पंगेनी
कावासोती । जिल्ला प्रशाशन कार्यालय नवलपरासी पूर्वले नेपालीहरूको पर्व तिहार र छठलाई सभ्य भएर मनाउन आग्रह गरेको छ ।
प्रशाशन कार्याद्धारा जारी सुचनामा राती नौ बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरिएको छ भने , होटेल संचालकहरुलाई पनि राती नौ बजेपछि मदिरा बिक्री वितरण पूर्ण रुपमा बन्द गर्न आग्रह गरिएको छ ।
यस्तै लागू पदार्थ तथा जुवातासलाई रोक लगाएकाले विकृतभन्दा सद्भावका रूपमा मनाउन आग्रह गरिएको छ । पटका र आतिसवाजी जस्ता विस्फोटक पदार्थको बिक्री वितरण तथा प्रयोग नगर्न भनिएको छ । । यदि कसैले गैरकानुनी काम गरे कानून अनुसारको कारबाही हुने समेत सुचनामा उल्लेख छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१