कावासोती । पूर्बि नवलपरासीको देबचुली १५ प्रगतिनगरमा दुई पक्ष बिच झगडा हुदा गोली चलेको छ । नवलपुर प्रहरीको अनुसार शनिबार साझ करिब ८ बजेको समयमा देबचुली १५ प्रगतिनगर चोकमा दुई पक्ष बिच झगडा हुदा गोली चलेको जनाएको छ । प्रगतिनगरको एक होटल अगाडि स्थानीय युवाहरुबीच भएको झगडाले उग्ररुप लिएपछि गोली चलेको हो । झगडा भएका अर्को पक्षलाई लक्षित गरी गोली प्रहार गरे पनि कसैलाई नलागेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए। प्रहार गरिएको गोली मोटरसाइकलको टंकीमा लागेको र घटनास्थलबाट गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान गर्न दुई जनालाई नियन्त्रणमा लिइएको र अन्य फरार रहेकाले खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१