कावासाेती । २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोति नगरपालिका – १० मगरकोटका का २६ वर्षीय कृष्ण महतो र सोही स्थान निवासी १६ वर्षीय बालकलाई २०७६ असोज २६ गते गिरफ्तार गरेको छ ।
२०७६ असोज २५ आरोपितहरूले युवतीलाई बलात्कार गरेको भन्दै पीडित पक्षले २०७६ असोज २६ गते प्रहरीमा उजुरी गरेका थिए । सोही उजुरीको आधारमा प्रहरीले गिरफ्तार गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । पीडित पक्षले २०७६ असोज २६ गते प्रहरीमा उजुरी गरेको भएपनि सार्वजनिक विदा भएको कारण असोज २७ गते उजुरी दर्ता हुने अधिकारीले बताए ।
पीडित युवतीको २०७६ असोज २७ गते भरतपुर स्थित चितवन जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिने अधिकारीले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१