कावासोती । नवलपुर ड्राईभिङ्ग व्यवसायी संघ नवलपुरको अध्यक्षमा प्रविन सापकोटा चयन हुनुभएको छ । ड्राईभिङ्ग व्यवसायीको भेलाले प्रविन सापकोटाको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा ठाकुर कोइराला, सचिवमा बासु कोइराला, सह सचिवमा अर्जुन केसी, कोषाध्यक्ष गंगाधर न्यौपाने चयन हुनुभएको छ ।
यस्तै सदस्यमा पदमराज भण्डारी, विनोद बराल,धर्मागत बस्याल, चुन्न प्रसाद सापकोटा, रमेश पाण्डे, राज सिंह गुरौ रहनु भएको छ ।
नव गठित संघका अध्यक्ष प्रविन सापकोटाले संघले ड्राईभिङ्ग व्यवसायीको हक हितमा कार्य गर्दै जाने बताउनुभयो । सबै व्यवसायीले एउटै दररेट कार्यम गर्ने लगाएतका कार्य गर्ने उहाँले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१