कावासोती । नवलपरासीको गैडाकोटमा गहना लुट्ने क्रममा महिला हत्या गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार राति गैडाकोट १५ मनकामना टोलका ७० बर्षीय जेष्ठ नागरिक भुमादेवी खत्री आफ्नै घरको भान्छा कोठामा मृत अवस्थामा भेटिएकी थिइन । उनको आँखा फुटेको थियो भने टाउँको मुख र कानबाट रगत बगेको थियो । उनको हत्यामा सम्लग्न रहेको आशंकामा संम्लग्न रहेको आशंकामा प्रहरीले खोटाङको खिचापोखरी घर भई हाल गैडाकोट १५ बेल्डियामा बस्दै आएका ३६ बर्षीय अर्जुन खड्कालाई पक्राउ गरेसँगै अन्य ३ जनालाई पनि पक्राउ गरेको हो ।
प्रहरीले गएराति खड्काकी श्रीमती ३५ बर्षीया मिना खड्का, तनहु रिसिङ घर भई हाल गैडाकोट १५ बुद्धचोक बस्ने ४५ बर्षका बसन्तकुमार बराल, बरालकी श्रीमती ३८ बर्षका कमला बराललाई नियन्त्रणमा लिएको गैडाकोट प्रहरीले जनाएको छ । उनीहरुको साथबाट केही गरगहना समेत बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१