कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउपालिकाको दुम्किबास स्थित विनयी खोलाबाट अवैध निकासी गरिरहेका १४ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विनयी खोलाबाट अवैध रुपमा गिटी निकासी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्किबासले ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले अवैद्य निकासी गर्दै गर्दा ना ७ त २८८२, ना १ त ३७४१, ना ५ त २२०, ना ७ त २५०५, लु ७ त २९८०, लु ३ त ८८१८, लु ५ त १९३२, लु ४ त ४४१ यस्तै लु ४ त २१४९, ना ६ त ३२८१, लु ४ त १३९९, लु ६ त ४९४१, लु २ त ९०६४, लु ३ त ४९३९ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ट्याक्टरलाई इलाका प्रहरी कार्यालय दुम्किबासमा राखेर आवश्यक कारवाहि प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ । अहिले खोलामा ठेक्का नलागेको अवस्थामा पनि नवलपुरको विनयी , अरुणखोला , गिरुवारी खोला , पथ्थरे खोला , केरुङ्गे लगायतका खोलाहरुमा दिनहुँजसो अवैद्य निकासी भईरहेको छ । प्रहरीले विभिन्न बाहानामा अवैद्य निकासी गर्ने सवारीलाई नियन्त्रणमा लिने र जरीवाना मात्रै तिराएर छाड्ने गर्दा निकासी नरोकिएको यहाका स्थानीयको आरोप छ । कतिपय अवस्थामा प्रहरी प्रशाशन कै मिलेमतोमा समेत निकासी हुने गरेको स्थानीयको आरोप समेत छ ।
अवैद्य निकासी गर्ने सवारी र संलग्नलाई कडा खालको सजाय नहुँदासम्म अवैद्य निकासी नरोकिने भएकाले जरीवाना मात्रै तिराएर छाड्ने काम अन्त्य गर्नुपर्ने यहका सरोकारवालाहरुको माग समेत रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१