कावासोती । जापनिज भाषा परिक्षा नवलपुरमै हुन थालेपछि यस क्षेत्रका भाषा शिक्षा लिइरहेका विद्यार्थी हर्षित भएका छन् । जिल्लामा पहिलो पटक कावासोतीमा संचालन गरिएको जापनिज भाषा शिक्षाको जे टेष्ट परिक्षामा सहभागीले आफुहरु काठमाण्डौ लगाएत बाहिरका जिल्लामा धाउनुपर्ने समस्याको अन्त्य भएकोमा खुशी ब्यक्त गरेका छन् । आईतबार जापान शिक्षा मन्त्रालयबाट मान्यता दिने भाषा विद्यालयको जे टेष्ट नेपालले परिक्षा संचालन गरे पछि नवलपुरमानै जापनिज भाषा परिक्षा दिन पाइने ब्यवस्थाको शुरुवात भएको हो । आइतबार सो जापनिज भाषा परिक्षामा सहभागी कावासोतीकी मञ्जु महतोले उत्साहित हुदै भनिन् यस अघिका अरुले काठमाण्डौ गएर परिक्षा दिएका रहेछन्, हामीहरुले यहि ब्यवस्था भएपछि निक्कै खुशी लागेको छ ।’ उनले थपिन ् गाउंघरमै परिक्षा दिन पाउनु हर्षको कुरा हो, खर्चको पनि कम अनि तनाव र दुःख पनि कम भैहाल्यो नि’ त्यस्तै हुप्सेकोट वडा नं. ४ की अनिता वंशीले भनिन् नवलपुरबाट यसैकालागि काठमाण्डौ धाउनु पर्ने समस्याको अन्त्य भएको मा खुशी लागेको छ, आफ्नो स्थानिय स्तरमै यस्तो परिक्षा दिन पाउनु निकै गौरवको कुरा हो । यस्तै यस्तै हुदै जाने हो भने नवलपुर विदेशी भाषा पढाइको यस क्षेत्रको हव बन्न सक्छ ।’ सो भाषा परिक्षामा नवलपुरका विभिन्न शैक्षिक परामर्श संस्थाका करिव ८० जनाको सहभागिता रहेको थियो । शैक्षिक परामर्श संघ नवलपुरका अध्यक्ष एलएन सिंखडाले परिक्षाकालागि बर्षेनी १२–१३ सय विधार्थीले काठमाण्डौ धाउन पर्ने समस्याको अन्त्य भएको बताए । शैक्षिक परामर्श संघ नवलपुरका उपाध्यक्ष गणेश थापाले नवलपुरका भाषा पढने विद्याथीकालागि निकै मेहनत र दौडधुम पछि यस्तो परिक्षा दिन पाउने ब्यवस्था मिलाउन सकिएको बताए । उनले भने आगामी दिनमा भाषाका अन्य परिक्षाहरु पनि कावासोतीमै दिन सकिने ब्यवस्था मिलाउन परामर्श संघले पहल गर्ने छ । उनले थपे त्यति मात्र होइन अव भाषा परिक्षाकालागि नवलपुरबाट काठमाण्डौ लगाएत बाहिर जाने परिपाटीको अन्त्य गरि बाहिरका विद्यार्थीलाई समेत नवलपुरमै आउने तर्फ आकर्षित गर्न पहल गर्ने तर्फ लागिपरेका छौ.।’ त्यसैगरि सद्भाव इन्टरनेशनल एजुकेशन् का संचालन सुमन कुमार श्रेष्ठले भने यस्तो खालको परिक्षा कावासोतीमा संचालन गर्नु गौरवको कुरा हो, यति सहज रुपमा हुनुले विद्यार्थीको वैदेशिक भाषाको स्वमुल्याङकनको एउटा ढोका खुलेको छ ।’ विद्यार्थीले निकै सहज महशुस् गरेको पाएका छौं ।’ उनले थपे परिक्षार्थीले अन्त गएर दिएको परिक्षाको परिणाम र यहांको परिणाममा फरक र सकारात्मक प्रतिफल पक्कै दिने छ ।’ जापानबाटनै प्रतिनिधि आएर नै जापान भाषा विद्यालयले तोकेको समयमा लिइने उक्त परिक्षामा हरेक २–२ बर्षमा गर्न सकिने संघले जनाएको छ । परिक्षामा सहभागि हुन कम्तिमा १ महिना अगाडी परिक्षा आवेदन भर्नु पर्ने प्रावधान रहेको संघले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१