कावासोती । पूर्बि नवलपरासीको कावासोती ७ मा रहेको टरुवा ताललाई शनिबार निजामती कर्मचारीहरुले सफा गरेका छन् । नेपाल निजामती सेवा दिवस २०७६ को अवसरमा कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजनामा ताललाई सफा गरिएको हो ।
ताल सफा गर्ने नेपाली सेना , सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरीएको थियो । ताल सफा गर्ने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की , जिल्ला प्रहरी प्रमुख मोहन प्रसाद पोख्रेल , कर्मचारी मिलन केन्द्र नवलपुरका सचिव कृष्णचन्द्र पोख्रेल सहितका टोलीले ताल सफा गरी उद्घाटन गरेका थिए ।
करिब साढे सात बिगाहामा क्षेत्रफलमा फैलिएको तालको एक भाग कर्मचारी मिलन केन्द्र नवलपुरमा आबद्ध कर्मचारीहरुले सफा गरेका हुन् । ऐतिहासिक एवं पर्यटकीय स्थल टरुवा तालको संरक्षण एवम् सफा नहुदा तालको रुपनै कुरुप बनेको थियो ।
ताल क्षेत्र केही बर्ष यता सरसफाई समेत हुन नसकेको अबस्थामा तालको मुहार नै कुरुप बन्दै गएको थियो । तालमा झारहरु पलाउने, भल माटो गएर थुप्रिने गरेकाले सतह बन्दै जादा तालको अस्तित्व नै संकटमा परेको थियो । पहिले कावासोती क्षेत्रमा खानेपानीको सहज अबस्था नहुदा कावासोती क्षेत्रका बासिन्दाले यही तालको पानी पिउने गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१