स्याङ्जा । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ को सभापतिमा साविक ३ का सभापति देवबहादुर खांण (ईश्वर) चयन भएका छन् । नेपाली काँग्रेस केन्द्रीय विधान तथा निर्देशिका अनुसार संघीय क्षेत्र नं. २ को सभापतिमा साविक क्षेत्र नं ३ का सभापति देबबहादुर खाँण चयन भएका हुन् ।
नेपाली काँग्रेस स्याङ्जाले राज्यको पुर्नसंरचना अनुसार स्याङ्जा क्षेत्र नं. २ को संघीय र प्रादेशिक समितिको समायोजन गरेको हो । त्यसैगरी साविक क्षेत्र नं. २ का सभापति अर्जुनप्रकाश अर्याल सह–सभापतिमा चयन भएका छन । त्यस्तैगरी उपसभापतिमा हरिबाबु पोख्रेल, सचिवमा महेश भट्टराई, दामोदर लम्साल, शालिकराम देवकोटा, नरबहादुर पौडेल, कोषाध्यक्षमा चेतनारायण श्रेष्ठ, टिकाराम तिवारी, सहसचिवमा बोला पाठक, सरस्वती बगाले लगायत रहेका छन् । समायोजनसँगै आज पहिलो बैठक सभापति देबबहादुर खाँणको सभापतित्वमा सम्पन्न भएको छ ।
यसैबीच भेलाले नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले संघीय नेपालको पुर्नसंरचना अनुसार पार्टी संगठनको पुर्नसंरचना जारी गरेको अन्तरिम ब्यवस्था निर्देशिका बमोजिम स्याङ्जा क्षेत्र नं. २ क र ख प्रदेशको पनि समायोजन गरेको छ । प्रदेश क मा अर्जुनप्रकाश अर्यालको सभापतित्वमा कार्यसमिति चयन गरेको छ । जसको सचिवमा नरबहादुर पौडेल र दामोदर लम्साल, कोषाध्यक्षमा चेतनारायण श्रेष्ठ, सहसचिवमा सरस्वती बगाले र बोला पाठक छन्, भने अन्य सदस्यहरु छन् ।
त्यस्तैगरी प्रदेश ख मा सभापतिमा हरिबाबु पोख्रेल चयन भएका छन् भने सचिवमा महेश भट्टराई र शालिकराम देवकोटा छन् । त्यस्तैगरी कोषाध्यक्षमा टिकाराम तिवारी लगाएत अन्य सदस्यहरु रहेका छन् ।
कार्यक्रममा संविधान सभा सदस्य तथा महासमिति सदस्य राजु थापाले नयाँ पुस्ता संग कुरा गदै राज्य पुन संरचना अनुसार नेपाली काँग्रेसको यो समायोजनले पाटि बलियो हुने बताए । हरेक जनताको सुखदुखमा नेपाली काँग्रेस सहयात्री हुने समेत बताए । उनले नेपाली काँग्रेसको एजेण्डा हरेक जनताको घरदैलोमा पुर्याउन अब सफल हुने बताए ।