काठमाडौँ । नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने भएका छन् । गौतम बुधबार दिउँसो १ बजे सिंगापुर जाने बताइएको छ ।
गौतम मङ्गलबार नै पार्टी महासचिव विष्णु पौडेलसँगै सिंगापुर जाने तयारी थियो । तर, गौतमले पार्टीको काम देखाउँदै अन्तिम समयमा सिंगापुर जाने कार्यक्रम रद्द गरेका थिए ।
नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै गौतमलाई सिंगापुर आउन भनेपछि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्रीज्यूले सिंगापुर आउनुहोस्, सँगै फर्किउला भन्नुभएपछि गौतमजी पनि आज सिंगापुर जान लाग्नुभएको हो,’ स्रोतले बतायो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१