भाद्र १४, मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीतन्त्रमा कसैले भ्रष्टाचार गरेको जानकारी प्राप्त भएमा एक घण्टाभित्र कारवाही गर्ने बताए। सुशासन तथा योजना समितिद्वारा शुक्रबार आयोजित अन्तक्र्रियामा उनले प्रदेशका जनताका काममा ढिलासुस्ती र भ्रष्टाचार निर्मूल गर्ने कार्यमा आफू सदैव अगाडि रहने बताए ।
मुख्यमन्त्री राईले मुलुकमा सुशासन र समृद्धि कायम गर्न जनअपेक्षाअनुसार काम हुनुपर्नेमा जोड दिए। उनले भने,ुसोचअनुसार काम हुन नसक्दा जनतामा नैरश्यता छाएको छ।ु
जनप्रतिनिधिप्रति जनताका ठूलो विश्वास र भरोसा छ भन्दै उनले जनतालाई केन्द्रविन्दुमा राखी आफ्ना कार्यशैली र व्यवहारमा परिवर्तन गर्न सुझाव दिए। सभामुख प्रदीपकुमार भण्डारीले मुलुकमा सुशासन र समृद्धि कायम गर्न तीन तहको सरकार एकजुट हुनुपर्नेमा जोड दिँदै संविधानले दिएको मौलिक अधिकार पाउनु जनताका नैसर्गिक अधिकार भएको धारणा व्यक्त गरे।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१