काठमाडौं । अहिले सान्या, चीनमा भईरहेको मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला खतिवडा हालसम्म सहभागी नेपाली सुन्दरीहरुकाे दाँजोमा सफल देखिएकी छन् ।
यस अर्थमा अध्ययन तथा पेसाले आर्किटेक्ट इन्जिनियर शृङ्खला अन्य नेपाली सुन्दरीहरुभन्दा फरक पनि देखिएकी छन् कि मिस नेपालकै ईतिहासमा उनले जारी मिस वल्र्ड प्रतियोगितामा विभिन्न मल्टिमिडिया अवार्ड जित्न सफल भएकी छिन् ।
मल्टिमिडिया विधामा उनले जापान, रुस, केन्या, मेक्सिकोजस्ता धेरै देशका सुन्दरीलाई पछाडि पारेकी थिईन् ।
यस्तै डिसेम्बर ३ तारिख् अर्थात यहि सोमबारकै दिन साँझ आयोजित मिस वल्र्डको अर्को विधा व्युटी विथ ए पर्पोजका लागि सिङ्गापुर, जापान र ईटाली, रुसलगायत दर्जनौँ मुलुकका सुन्दरीहरुका दाँजोमा उनको प्रस्तुती अब्बल भएकै कारण उनी यस विद्याको बिजेताको हकदार भईन् ।
यिनै विद्याका विजेताका रुपमा शृङ्खला मिस वल्र्डको टप ३० मा स्थान बनाउन सपल भईन् । ब्युटी विथ ए पर्पोजका लागि उनले आफ्नो गृहजिल्ला वृत्तचित्र प्रस्तुत गरेकी थिईन् । याे खबर अाजकाे गाेरखापत्रमा छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१