एजेन्सी । कुनै व्यक्तिको सोच हुन्छ की वास्तुशास्त्रको लाभ लिनका लागि घरको तोडफोड गर्नुपर्दछ, त्यो भाडाको घरमा बस्नेलाई सम्भव छैन्। त्यस्तै केही व्यक्तिको सोच हुने गर्दछ की वास्तुको प्रभाव केवल घरमालिकलाई मात्र पर्दछ। तर भाडामा बस्नेलाई पर्दैन।
वास्तु विशेषज्ञ खुशदीप बंसलका अनुसार अनुसन्धानबाट यो पुष्टी भएको छ की तपाई जुन भवनमा बस्नुहुन्छ, त्यसको तपाईको जीवनमा गहिरो प्रभाव पर्दछ। चाहे त्यो भाडामा बस्ने होस् वा आफ्नै घरमा बस्ने किन नहोस्।
तपाई वास्तुशास्त्रका यी ३ कुरा ध्यान दिनुहोस्
प्रवेश द्वार
भवनको जुन क्षेत्र वा फ्लोरमा तपाईको कोठा छ, त्यहाँ प्रवेश गर्ने मुख्य ढोकाको तपाईको जीवनमा गहिरो प्रभाव पर्दछ। उदाहरणका लागि यदी उक्त ढोका दक्षिण दिशाको तेस्रो स्थानमा छ भने अत्यन्त धन एवम यशको कारण बन्न सक्छ। एक भवनमा ३२ प्रवेश द्वार सम्भव छन्।
जसमध्ये कुनै राम्रा र कुनै नराम्रो प्रभाव पर्ने खालका हुन्छन्। यदी तपाई बस्ने घरको प्रवेश द्वार गलत दिशामा छ भने उययुक्त रंग लगाएर उक्त द्वारको कुप्रभाव रोक्न सकिन्छ ।
कोठाको दिशा
वास्तुशास्त्रको वैज्ञानिक तथ्यलाई बुझ्नु हुन्छ भने तपाई घरका प्रत्येक कोठा आदर्श दिशामा निर्धारन गर्न सक्नुहुन्छ। वास्तुशास्त्रका अनुसार प्रत्येक कोठाका १६ दिशामै प्रभाव बताइएको छ।
भाडाको घरमा बस्ने बेलामा बेडरुम एवम् सौचालय आदर्श दिशामा रहेको रोज्नुहोस्। यदी त्यसो भएन भने तपाईले भित्ताको रंग, एवम फुलदानी जस्ता बस्तु राखेर कोठाको नकारात्मक प्रभाव हटाउन सक्नुहुनेछ।
बस्तु राख्दा ध्यान दिनु पर्ने कुरा
यदी तपाई फोटोग्राफ्ट, पेन्टिग्स एवम् रेकोरेशनका बस्तु सही दिशामा राख्नुहोस्। तपाईले भाडाको घरमा पनि वास्तुशास्त्रको सही प्रयोग गरेर सुख, शान्ति र समृद्धी जीवन विताउन सक्नुहुनेछ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१