राजन थकाली
कावासोती । पूर्बि नवलपरासी ( नवलपुर )मा पूर्बपश्चिम राजमार्गको पुल भासिएको छ । दुइ दिन देखि परेको अविरल बर्षाको कारण नवलपुरको झरही खोलाको पुलको एक तर्फको भाग भासिएको छ । गैडाकोट नगरपालिका र देवचुली नगरपालिकाको सिमानामा रहेको पुलको पश्चिम पट्टिको अन्तिम छेउमा भासिएको हो । यो त भयो तत्काल देखिएको समस्या तर यो भन्दा अगाडी बिगतका दिन हरुमा नवलपुरको विभिन्न पुलहरूमा यस्ता समस्या आइसकेको छ भने बर्षा हुन थाले संगै सडकहरुमा दर्जन भन्दा बढी खाडल हरु भएका छन् जसले निकट भबिस्यमा कुनै ठुलो दुर्घटना नहोला भन्न सकिन्न । यति हुंदा पनि सम्बन्धित निकाय भने मौन जस्तै देखिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१