खगेन्द्र पराजुली
कावासोती । नवलपुरमा भएको दुई दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । बिहान पौने ५ वजेको समयमा रजहर चोकदेखि करीब ५ सय मिटर पूर्व पूर्व पश्चिम लोकमार्ग अन्तर्गत ओएसिस चोकमा बसले पैदलयात्रीलाई ठक्कर दिदा पैदलयात्रीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जादै गरेको लु २ ख १४९३ नम्वरको वसले देबचुली १६ रजहरकी ७५ बर्षिया बृद्धा राधिका अधिकारीलाई ठक्कर दिदाँ घटनास्थमै उनको मृत्यु भएको हो । अहिले शव परिक्षण (पोष्टमार्टम)का लागी प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली लगिएको छ भने वस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको एवं दुर्घटनाको अनुन्धान भैरहेको प्रहरीले जनाईएको छ ।
त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत मध्यबिन्दु ८ चोरमाराको फूलवारीमा २ वटा सवारी साधन एक आपसमा जुधेर भएको दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् भने अन्य १० जना सामान्य घाइते भएका छन् । चोरमारा प्रहरीका अनुसार आजै बिहान करीब साढे ३ बजे पश्चिमवाट पूर्वतर्फ जादै गरेको ना ७ ख ६३ नम्वरको ट्रक र विपरीत दिशा काठमाण्डौबाट सुर्खेतका लागी छुटेको बस फूलबारीमा ठोक्किएर दुर्घटना भएको हो ।
गम्भीर घाइते २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा र सामान्य घाइते यात्रुको प्रस्तावित जिल्ला अस्पताल मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भैरहेको प्रहरी कार्यालय चोरमाराका प्रहरी नायब निरिक्षक भिम प्रसाद धितालले जानकारी दिए । दुबै सवारी साधनका चालक र सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ भने थप अनुन्धान भैरहेको प्रहरीले जनाएको छ । तस्बिर फाईल
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१