कावासोती । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वसहित सबैजसो पदमा प्रगतिशील प्यानलले बाजी मारेको छ ।
नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्ष पदमा भीम कँडेल निर्वाचित भएका हुन् । कँडेलले लोकतान्त्रिक प्यानलका शिव भट्टराईलाई १५९ मतले पराजित गरेका हुन् ।
१४ जनाका लागि भएको निर्वाचनमा उपाध्यक्षमा रमिला भुजेल, सचिवमा दिपक लम्सालसहित प्रगतिशील प्यानलका १२ जना अत्याधिक बहुमतका साथ बिजयी भएका हुन् ।
लोकतान्त्रिक प्यानलबाट वडा नम्बर २ र ८ बाट २ जना वडा प्रतिनिधि मात्रै बिजयी भएका छन् । ६ हजार ६ सय ६५ मतदाता रहेको संस्थाको निर्वाचनमा ५ हजार ४३ मत खसेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१