दयाराम आचार्य
कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले ठुलो परिमाणमा लागू औषध सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्व पश्चिम राजमार्गको मध्यविन्दु नगरपालिका –८ , स्थित फुलवारीबाट लु १ ख ७९८५ नम्बरको बसमा लागू औषध लुकाएर ल्याउदै गरेको अवस्थामा भरतपुर महानगरपालिका वडा नम्बर –२१, बस्ने २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका– ८, बस्ने ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगंज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम– ६, बस्ने ४१ वर्षीय अमरजित केवटलाई पक्राउ गरेको हो ।
उनिहरुको साथबाट प्रहरीले नुफीन ५५ एम्पुल,फेनारगन ५५ एम्पुल,डाईजेपाम सेरिजेक ५५ एम्पुल , फेन्सेडिल १९९ बोतल, स्पास्मो प्रोक्सिभन प्लस लेखिएको २८८ ट्याब्लेट, नाईट्राभेटे ५९७ ट्याब्लेट बरामद गरेको छ । यसै गरि लु १ ख ६३९० नम्बरको बसमा लागू औषध लुकाएर ल्याउदै गरेको अवस्थामा कावासोती आठबाट म्याग्दी साविक ताकम एक धारापानी बस्ने २८ वर्षीय कुमार थापालाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले फेनारगन ४३ एम्पुल,नुफिन ४३ एम्पुल,डाईजेपाम सेरिजेक ४३ एम्पुल पक्राउ गरेको छ । पक्राउ परेकाहरु विरुद्ध लागू औषध ओसार पसार बिरुद्धको मुद्धा दायर गरि थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक रमेश थापाले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१