कावासोती । कावासोती नगरपालिका भित्रको महत्वपुर्ण संस्थाको रुपमा लिइने कावासोती खानेपानी तथा सरसफाई संस्थाको आठौं नेतृत्वका लागी अध्यक्ष पदमा ३ जना सहित २९ जनाको उम्मेद्वारी परेको निर्वाचन अघिकृत गणेश प्रसाद सापकोटाले जानकारी दिएका छन् । सापकोटाका अनुसार अध्यक्ष पदमा भीमलाल कण्डेल, शिव प्रसाद भट्टराई र ओम बहादुर अधिकारीको उम्मेद्वार परेको हो । कावासोती खानेपानी संस्थामा आगामी नेतृत्वको लागी निर्वाचनमा उम्मेद्वारी समेत दल गत प्यानलकै आधारमा परेको छ ।
अध्यक्ष पदमा प्रगतिशिल प्यानल नेकपाबाट भमिलाल कण्डेल, काग्रेस र समाजबादीको लोकतान्त्रीक प्यानलबाट शिव प्रसाद भट्टराई र स्वतन्त्र उम्मेद्वारको रुपमा ओम बहादुर अधिकारी रहेका छन भने अन्य सबै पदमा भने २,२ जनाको उम्मेद्वारी परेको छ ।
नेकपाको एकल प्रगतिशिल प्यानलबाट उपाध्यक्ष पदमा रमिला भुजेल, सचिबमा दिपकराज लम्साल, जनजाती महिलामा लक्ष्मी गाहा मगर, दलित महिला पार्वती विश्वकर्मा, वडा न २ बाट गंगा प्रसाद भट्टराई, , वडा नं. ३ बाट चेत बहादुर अधिकारी, वडा नं. ५ बाट प्रकाश भण्डारी, वडा नं. ६ बाट ओम प्रकाश चापागाई, वडा नं. ८ बाट शिवलाल चापागाई र वडा नं. ९ बाट ऋषी श्रेष्ठलाई उम्मेद्वार बनाएको छ त्यस्तै लेखा समितिको संयोजकमा चिन्तामणी पौडेल, लेखा सदस्य रेशम चाँपागाई र लिला थनेतले उम्मेद्वारी दिएका छन ।
त्यस्तै काग्रेस र समाजवादीको लोकतान्त्रीक प्यानलबाट उपाध्यक्षमा तारा पौडेल दवाडी, सचिब पदमा शालिकराम ढकाल , महिला जनजाती सदस्यमा देवी गुरुङ, दलित महीला सदस्यमा राजकुमारी विश्वकर्मा, वडा नं. २ बाट आत्मराम चापागाई, वडा नं. ३ केशर बहादुर थापा , वडा नं. ५ मा कृष्ण बहादुर थापा, वडा नं.६ गागाधर काफ्ले, वडा नं. ८ मा लिलाधर भट्टाराई, वडा नं. ९ बाट कमला अर्यालले उम्मेद्वारी दिएका छन भने लोकतान्त्रीक प्यानलबाटनै लेखा संयोजकमा मंगल लामा, सदस्यमा बालकुमार भुसाल र लेखा महिलामा सदस्यमा मिना दाहाल अधिकारीले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
। निर्वाचन तालिका अनुसार आज असार ४ गते उम्मेद्वारी दर्ताको मिति तय गरीएको छ भने असार ७ गते अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । कावासोती खानेपानीको लेखा समितिमा ३ जना सहित १४ पदका लागी निर्वाचन हुने भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१