दिपक शर्मा
कावासोती । किशोरीहरुमाथी पछिल्लो दिनमा बिभिन्न हिंसा, दृव्र्यवहार बढीरहेकोले स्थानीय सरकारलाई ध्यानाकर्षण गरी अव निर्माण हुने नीति तथा कार्यक्रम र बजेट किशोरीमैत्रीको लागि देवचुलीका किशोरीहरुद्धारा नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानकार्षण पत्रमा किशोरीहरुलाई आवश्यक पर्ने सेनेटरी प्याडको उपलब्धताको लागि स्वयम किशोरीहरुलाई नै प्याड बनाउने तालिम सञ्चालन गर्नुपर्ने, नीति तथा निर्णयहरुमा किशोरीहरुको अर्थपूर्ण सहभागिता गराउनुपर्ने, हिंसा, दृव्र्यवहारको न्युनिकरणको लागि किशोरीहरुमा शसक्तिकरणको कार्यक्रमहरु सुरु गर्नुपर्ने, स्थानीय तहमा बालिकाहरुको हक, अधिकारको संरक्षणको लागि बालिका डेस्कको स्थापना गर्नुपर्ने, विद्यालय व्यवस्थापन समिति र अन्य समितिहरुमा बालिकाहरुको सहभागिता प्रबद्र्धन गर्नको लागि नीतिको निर्माण गरिनुपर्ने, मनोसामाजिक परामर्शदाता र स्टाफ नर्सको व्यवस्थापन समेत गरिनुपर्ने लगायतका बुँदाहरु रहेको कुरा किशोरी अभियन्ता सपना पौडेलले बताउनुभयो ।
जागृति बाल तथा युवा सरोकार नेपालद्धारा कन्नालन स्विजरल्याण्डको सहयोगमा बिगत १ वर्षदेखी देवचुलीमा किशोरी शसक्तिकरण कार्यक्रम सञ्चालन गरिराखेको र उनीहरुको क्षमता अभिबृद्धीमा समेत कार्यहरु गरीराखेको सन्दर्भमा स्थानीय सरकारले समेत यो अभियानमा सहयोगको लागि स्वयम किशोरीहरुद्धारा नै भेला बसी उक्त ध्यानाकर्षण पत्र तयार गरी प्रदान गरिएको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका किशोरी शसक्तिकरण कार्यक्रमका कार्यक्रम अधिकृत सविता पंगेनीले बताउनुभयो ।
ध्यानाकर्षण बुझ्दै नगरप्रमुख पूर्णकुमार श्रेष्ठले किशोरीहरुको माग प्रति सकरात्मक रहेको र तत्काल सम्बोन्धन गर्न सकीने र दिर्घकालिन रुपमा गर्न सकीने क्रियाकलापहरुलाई सोही अनुसार नै नीति तथा कार्यक्रममा र कार्यपालिकामा ल्याई पुरा गरीने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ ।
साथै प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रमाद भुसालले समेत किशोरीहरुको ध्यानाकर्षण ले हामीलाई सहयोग गरेको र उनीहरुको मागलाई सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१