काठमाडौं । परीक्षा दिएपछि परीक्षाफल कहिले आउँछ भन्ने कुरा धेरैमा कौतुहलताको विषय हुने गर्छन । यस्तै, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजाबारे नयाँ अपडेट आएको छ ।
यस वर्षको नतिजा असारको तेस्रो हप्ता मात्रै आउने जानकारी दिइएको छ । अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा आउने गर्थ्यो तर यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको अधिकारीहरुले जानकारी दिएका छन् ।राष्टिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले उत्तरपुस्तिका जाँचको काम भए पनि नतिजा असारको तेस्रो हप्ता मात्रै सार्वजनिक गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश २ मा प्रश्नपत्र बाहिएपछि हामीलाई ८र१० दिन ढिला भयो,’ उनले भने, ‘त्योसँगै कर्मचारी समायोजनको कामले झन समस्या थपिदियो।’ परीक्षाले नै लामो समय लिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको हो । अहिले डाटा इन्ट्रीको काम भइरहेको भन्दै चैत १० बाट सञ्चालित एसइई परीक्षामा प्रदेश २ मा परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएका विषयको परीक्षा २२ बाट सञ्चालन गरिएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१