काठमाडौँ – देशका अधिकांश स्थानमा शुक्रबार पनि मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने पूर्वी भूभागमा सामान्य बदली र भई बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।पूर्वी भूभागका केही स्थानहरुमा र मध्य र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तो रहेको छ आगामी तीन दिनको मौसम पूर्वानुमान
जेठ ३१ गते शुक्रबार
दिउँसोः देशकको मध्य तथा पश्चिमी पहाडी भु–भागमा आंसिक देखि सामान्य बदलि रहनेछ भने पुर्वी भु–भागमा सामान्य बदली र बाँकि भु–भागमा आंसिक बदलि हुनेछ। पुर्वी भु–भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु–भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
रातिः देशकको मध्य पहाडी भु–भागमा आंसिक देखि सामान्य बदलि रहनेछ भने पुर्वी भु–भागमा सामान्य बदली र बाँकि भु–भागमा आंसिक बदलि हुनेछ। पुर्वी भु–भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
जेठ ३२ गते शनिबार
दिउँसोः देशको पुर्वी भु९भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु–भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु–भागका केहि स्थानहरुमा र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
रातिः देशको पुर्वी भु–भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु–भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
असार १ गते आइतबार
दिउँसोः देशको पुर्वी भु–भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु–भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु–भागका केहि स्थानहरुमा र पश्चिमी भु(भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
रातिः देशको पुर्वी भु–भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु–भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१