कावासोती । नवलपुरका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्किले जिल्लालाई नमूना जिल्लाका रुपमा स्थापित गराउन आफुले सक्दो पहल गर्ने बताउनुभएको छ । आज नवलपुरका पत्रकारहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कार्किले जिल्लामा सुशासन कायम गर्न पनि सञ्चार जगतसँग समन्वय गर्दै अगाडी वढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उदयपुर जिल्लाबाट सरुवा भएर हिजोवाट नवलपुरमा कार्यभार सम्हाल्नुभएका प्रमुख जिल्ला अधिकारी कार्कीले जिल्लाको समग्र बस्तुस्थितिको बारेमा सुझाव सहित जानकारी लिन गरिएको भेटघाटमा आफू पनि मिडियामैत्री रहेको भन्दै नागरीक तथा सेवाग्राहीका हितमा छिटो र छरितो रुपमा सहजताका साथ सेवा प्रदान गरी सोको सुचना सम्प्रेषणमा समेत सञ्चारकर्मीहरुसँग निकटतम समन्वय स्थापित गर्ने बताउनुभयो । पत्रकारहरुले भेटघाटका क्रममा वजार लगायत सरोकार सम्वद्ध क्षेत्रमा प्रतिफलमूलक अनुगमन, जिल्लालाई हर हालतमा शान्ति शुसासन कायम गर्न प्रशासनले महत्वपूर्ण रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष होमराज रानाभाटसहित जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको भूमिका प्रबेशमा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत आनन्द भुसालले सहजीकरण गर्नुभएको थियो । यसअघिका जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल नेपाल सरकारको गृह मन्त्रालयमा उप सचिवका रुपमा सरुवा हुनुभएको छ । कार्की नवलपुर जिल्ला बनेपछिको चौथो प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१