काठमाडौं । बेलाबेलामा नक्कली नोट भेटिएका समाचारहरु बाहिर आइरहन्छन् । कहिले नक्कली नोटमात्रै भेटिन्छन् त कहिले नक्कली नोट कारोबारीसमेतलाई प्रहरीले पक्राउ गरेको समाचार सुनिन्छ ।पोखरा, बिरानगर, धनगढी, नेपालगञ्ज, बिर्तामोड लगायतका ठाउँमा पनि विभिन्न समयमा नक्कली नोट भेटिएका छन् । काठमाडौं उपत्यका मात्रै होइन, नक्कली नोटको कारोबार विकट जिल्लामा पनि हुने गरेको छ भन्ने पछिल्ला केही घटनाक्रमहरुले पुष्टि गर्छन् । केही समयअघि गोरखा जिल्लाको सदरमुकाममा नक्कली नोट भेटिएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको थियो ।
नक्कली भारतीय नोटको कारोबार व्यापक हुँदै गएको छ भन्ने त केही दिन अघि विमानस्थलमा घटेको घटनाले पुष्टि गरेको छ । भारुसँगै नेपाली नोटसमेत नक्कली बनाएर कारोबारमा ठूलै गिरोह नै संलग्न भएको हुनसक्ने सुरक्षा श्रोतको आशंका छ ।
राष्ट्र बैंकले पनि यस विषयमा सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल समेत गरेको छ । राष्ट्र बैंकले नोटको सही पहिचान गरेर मात्रै बुझ्न आग्रह गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१