ज्ञानु पंगेनी
कावासोती । नवलपरासी पूर्वको देवचुली नगरपालिकाकी एक जना किशोरीको रुपन्देहीको नाका सुनौलीबाट उद्धार गरिएको छ ।
सिमामा बसेको माईती नेपालको टोलीले उनको उद्धार गरेको माईती नेपालकी क्षेत्रीय संयोजक माया क्षेत्रीले जानकारी दिईन । मधेशी मुलका एकजना पुरुषले उनलाई सुनौलीबाट साईकल किनेर ल्याउने भनि बोर्डर कटाउने प्रयास गरेका थिए । अहिले ती किशोरीलाई माईती नेपालको क्षेत्रीय कार्यालय भैरहवामा राखिएको छ । सोधपुछ गर्दा उनले आफ्नो खुसीले ती व्यक्तीसंग आएको बताएको क्षेत्रीले जानकारी दिईन ।
किशोरीलाई गत शुक्रवार देवचुलीबाट ती पुरुषले भगाएर ल्याएका थिए । दुईदिनसम्म भैरहवा स्थित एउटा होटल राखेर आईतवार सिमा पार गराउन खोज्दा उनलाई माईती नेपालको टोलीले उद्धार गरेको हो । किशोरीले आफुमाथी जबरजस्ति गरेको समेत बताएको क्षेत्रीले जानकारी दिईन । होटलमा राखेर दुईदिनसम्म पटक – पटक जबजस्ति गरेको किशोरीले बताएको क्षेत्रीले बताएकी छन ।
संयोजक क्षेत्रीका अनुसार किशोरीकी आमालाई बोलाएर उजुरी गर्न भन्दा समेत उनले उजुरी गर्न मानेकी छैनन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१