ज्ञानु पंगेनी
कावासोती । नवलपरासी पूर्वको हुप्सेकोट गाउपालिका प्रविधीमैत्री बन्ने दौडमा लागेको छ । पहाडी क्षेत्रमा पर्ने, त्यसमा पनि अधिकाशं वडा विकट पहाडी क्षेत्रमा पर्ने भए पनि समयको माग अनुसार गाउपालिकालाई प्रविधीमैत्री बनाउन लागि परेको हो । गाउपालिका कार्यालय संगै विषयगत कार्यलय र वडा कार्यलयहरुमा समेत विद्युतीय हाजिरको शुरुवात गरेको छ । गाउपालिकामा गत हप्ताबाट विद्युतीय हाजिर शुरु गरिएको छ भने क्रमशः स्वाथ्य शाखा , पशु शाखा र कृषि शाखामा पनि विद्युतीय हाजिर जडान गरिएको छ ।
हुप्सेकोट गाउपालिकालाई प्रविधीमैत्री बनाउने पहिलो उदेश्यले विद्युतीय हाजिर जडान गरिएको प्रमुख प्रशाशकिय अधिकृत हरि पंगेनीले बताए । उले भने – ‘पहिलो उदेश्य त गाउपालिकालाई प्रविधीमैत्री बनाउने हो त्योसंगै कर्मचारीहरुलाई कार्यलय समयमा नै आउने जाने बानीको विकास हुने र सेवाग्राहिले गुनासो गर्ने अवस्था आउन निदनका लागि जडान गरिएको हो । ’
गाउपालिका भित्र रहेका अन्य शाखा र वडा कार्यलयमा समेत क्रमशः विद्युतीय हाजिर जडान गरिदै लगिने प्रशाशकिय अधिकृत पंगेनीले जानकारी दिए । केहि वडाहरुमा विद्युत् नपुकाले समस्या हुने भए पनि विद्युत् पुगेका सबै वडामा विद्युतीय हाजिर जडान गरिने उनले बताए । विद्युतीय हाजिर जडान गर्ने काम धमाधम भईरहेको उनले बताएका छन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१