काठमाडौं । चीनमा मिस वर्ल्ड प्रतिस्पर्धामा रहेकी मिस नेपाल शृङ्खला खतिवडाले हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणमा सफल हुन नसकेको बताएकी छिन् ।
शृङ्खलाले आफ्नो इनस्टाग्रामबाट भिडियो सन्देश जारी गर्दै मिस सिंगापुरले योग्य भएर नै जितेकाले नेपालले जित्नु पर्थ्यो भनेर वा मिस सिंगापुरलाई गाली गर्ने तरिकाले कमेन्ट नगर्न आग्रह गरेकी छिन् । भोटतर्फ शीर्ष २० मा पुगेकी शृङ्खलालाई समग्रमा शीर्ष ३० मा पुग्नका लागि हेड–टू–हेड च्यालेन्ज जित्नुपर्ने थियो ।
त्यसमा मिस सिंगापुर भेनिसा पेहसँग पछि परेकी हुन् । शृङ्खलाले यो च्यालेन्ज जितेर नेपालका लागि केही भए पनि गर्व गर्ने र आफ्ना समर्थक तथा शुभचिन्तकलाई उत्साह दिने मन भए पनि नसकेकोमा माफी मागेकी छन् । उनले अझै सम्भावना बाँकी रहेको र टप ३० मा पुग्ने आश बाँकी भएको पनि उल्लेख गरेकी छन् ।
हेड–टू–हेड र ब्यूटी विथ पर्पज दुई भिन्न विधा रहेको र हेड–टू–हेडले ब्यूटी विथ पर्पजको निर्णयमा कुनै असर नपर्ने उनले उल्लेख गरेकी छन् । यस्तै टप ३० मा पुग्नका लागि मल्टिमिडिया बिधाको सम्भावना पनि रहेकोछ ।
अझै पनि टप ३० का लागि १७ वटा स्थान बाँकी रहेकाले आफू आशावादी रहेको उनले उल्लेख गरेकी छन् । राम्रो गर्न सक्ने ठाउँ भए पनि गर्न नसकेको उनले उल्लेख गरेकी छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१