मुम्बई । शारीरिक एवं यौन शोषणको प्रसंगमा बलिउड नायिकाहरु खुल्न थालेका छन् । यतिसम्मकी केही नायिकाले विवाह अघिको शारीरिक सम्बन्धलाई सामान्य लिनुपर्ने धारणा समेत राखेका छन् ।
हेरौ यौनको विषयमा यी नायिकाको धारणा के छस् दीपिका पादुकोणः केही समय अघि मात्रै नायिका दीपिका पादुकोणले ‘माई च्वाईस’ भिडियो मार्फत बिबाह अघि सेक्स गर्ने नगर्ने उसैको मर्जी भएको बताएकी थिईन् ।
साथै उनले बिबाह अघि शारीरिक सम्बन्ध राखेकै कारण कसैलाई पनि गलत ढंगले हेर्न नहुने धारणा राखिन् । राधिका आप्टेः राधिका आप्टेको भनाई अनुसार उनका एकजना पनि साथी छैनन्, जसले विवाह अघि सेक्स नगरेका हुन् । सेक्स बिकाउ चिज भएपनि भारतीय समाजमा यसलाई वर्जित मानिन्छ ।
राधिका भन्छिन्(‘अचेल कोही पनि सती साबित्री भएर बस्दैनन्, यो शारीरिक आवश्यकता हो ।’ रणबीर सिंहः सेक्सलाई सुन्दर र स्वभाविक प्रक्रिया मान्छन् रणबीर सिंह । सहमतिमा हुने यौन सम्पर्क गलत काम नभएको भन्दै यसलाई लुकाउनु जरुरी नभएको उनको भनाई थियो ।
उनी आग्रह गर्दै भन्छन्(‘कसैले बिबाह अघि सेक्स गर्नु भएको छ भने गल्ती गरें भनेर चिन्ता नगर्नु होला ।’ सन्नी लियोनीः आफ्नो कामकै कारण आज यो स्थान हाँसिल गरेको उनको भनाई थियो ।
विवाह अघिको यौन सम्पर्कका सन्दर्भमा जोगिएर भनेकी छिन् । ‘तपाईलाई जे सही लाग्छ त्यहि गर्नुस् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१