कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा गएराति हावाहुरी सहित असिना पानी आउँदा ३ सय भन्दा बढी घरमा क्षति भएको छ । नगरपालिको तथ्यांक संकलन गरिरहेकोेले यकिन तथ्यांक आउँन बाँकी रहेको र क्षति भएका घरहरु मध्य आधाआधी बस्नै नमिल्ने गरी क्षति भएको देवचुली नगरपालिकाका उपप्रमुख पार्वती तिवारीले बताइन् ।
तिवारीका अनुसार ठाउँठाउँमा विजुलीको पोल ढलेको छ, देवचुली आधारभूत विद्यालय, भीमसेन मावि लगायतका विद्यालय, कुखुराको खोर लगायतको छानो उडाएको छ । सबैभन्दा बढी क्षति देवचुली नगरपालिकाको वडा ७ मा सबैभन्दा बढी क्षति भएको र हावाहुरीले देवचुली नगरपालिकाको ६, ७, ८, ९, ११, १२ र १४ गरी ७ वटा वडामा क्षति पुगेको छ । मानवीय क्षति भएको जानकारी नआएपनि सामान्य चोटपटकहरु पनि लागेको भेटिएको तिवारीले बताइन ।
तस्बिरहरु ;राजन थकाली राजको फेसबुकबाट
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१