देवचुली । विभिन्न नेतृत्व तथा व्यक्तित्व विकास तालिमले आफुमा सशक्तिकरण गराएको किशोरी सशक्तिकरण कार्यक्रममा सहभागि किशोरीहरुले बताएका छन् । क्यानलनको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालले देवचुली नगरपालिकामा विगत एक वर्षको अवधिको सञ्चालन गरेको किशोरी सशक्तिकरण कार्यक्रममा सहभागि किशोरीहरुले आफुमा आएको अुनभव सोमबार जिल्लाका सरोकारवाला निकाय र जनप्रतिनिधि समक्ष सुनाए ।
किशोरी सशक्तिकरण कार्यक्रममो समिक्षा तथा आगामि कार्यक्रमबारे परिचय कार्यक्रममा देवचुली १६ की प्रिया पुनले आप्mनो अनुभव सुनाउदै विभिन्न तालिमले आफुमा आत्मविश्वास र व्यक्तित्व विकास भएको बताईन् । उनले परिवारिक सहयोग र कार्यक्रममा सहभागिता आप्mनो लागि परिवर्तनको सम्वाक बनेको बताईन् ।
देवचुली १७ को वरचुली माविको कक्षा १० अध्ययनरत रेजिना घर्तिले आप्mनो व्यक्तिगत, सामाजिक तथा शैक्षिक क्षेत्रमा आएको परिवर्तन सहभागिलाई सुनाईन् – “तालिममा सहभागि हुदाँ पढाई बिग्रन्छ भन्ने भ्रम थियो । तर, यसले मेरो बोल्न सक्ने क्षमता मात्रै हैन अध्ययनमा पनि सकारात्मक प्रभाव पारेको छ ।”
कार्यक्रममा सहभागि अन्य किशोरीहरुले पनि आप्mना अनुभव सहभागिहरु संग प्रस्तुत गरेका थिए । कार्यक्रममा देवचुली नगरपालिकामा किशोरी सशक्तिकरण कार्यक्रम अन्र्तगत एक वर्ष बिचमा भएका कार्यक्रमको बारेमा सहभागिहरुलाई जानकारी दिएको थियो ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका प्रवक्त एवं १३ का वडा अध्यक्ष डिलबहादुर केसिले वालवालिकाका लागि आयोजना गरिने कार्यक्रमले बालबालिकाको विभिन्न पक्षको विकास गर्न सफल भएको बताए । किशोरिहरुको लागि कार्यक्रम विशेष प्रभावकारी हुने उनको भनाइ थियो । उनले किशोरिहरु विभिन्न सचेतना कार्यक्रममा सहभागि भई आफुहरुलाई समेत सचेत बनाउन सकेको हुदा कार्यक्रमको प्रभावकारीता देखिएको प्रवत्ता केसिले बताए ।
कार्यक्रममा जागृतिबाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले किशोरी अधिकारको बिषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताए । किशोरीहरुको सुरक्षा चुनैती, उनिहरुको सामाजिक सहभागिता, स्वास्थ्य अधिकार लगायतका विषय सबैको साझाँ चासो बन्नु पर्ने बताए । कार्यक्रम मार्पmत उनिहरुको व्यक्तित्व बिकास संगै सहभागितामा जोड, आत्मरक्षा सम्बन्धि तालिम र स्वास्थ्य अधिकारका सवालबारे पैरवी गरिरहेको उनले बताए । देवचुली नगरपालिकामा किशोरीहरुको लागि सुविधा सम्पन्न भवन निर्माणको क्रममा समेत लागि परेको उनले बताए । एक वर्षको अवधिमा किशोरी सशक्तिकरण संगै विद्यालय भवन निर्माणको काम समेत भएको उनले जानकारी दिए । कार्यक्रममा आगामी एक वर्षको अवधिमा सञ्चालन हुने कार्यक्रमहरुको बारेमा जानकारी दिइएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१