काठमाण्डौ ।नेपालमा सूर्योदय : बिहान ५:२२ बजे र सूर्यास्त : साँझ १८:४१ बजे र दिनमान ३३ घडी १७ पला। ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथयात्रारम्भ। विश्व रेडक्रस दिवस। वि.सं. २०७६ साल वैशाख २५ गते। बुधबार। इश्वी सन् २०१९ मे ८ तारिख। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– चतुर्थी, २५:२३ बजेउप्रान्त पञ्चमी। नक्षत्र– मृगशिरा, १६:४० बजेउप्रान्त आर्द्रा। योग– सुकर्मा, २२:०६ बजेउप्रान्त धृति। करण– वणिज, १४:०४ बजेदेखि भद्रा, २५:२३ बजेउप्रान्त वव। आनन्दादिमा अमृत योग। चन्द्रराशि– मिथुन।
भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने मिठाइ वा तिल खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ काम बिग्रन तथा समयमा नहुनाले आर्थिक अवस्थामा असर पर्न सक्छ ।। शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ ।बिशिष्ट व्याक्तित्वहरु सँग बिवाद हुन सक्छ ध्यान दिनुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । कडा मिहिनेत र लगनशीलताका कारण रोकिएका काम समेत सम्पादन हुनेछन् ।व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ । समयमा काम नगर्दिनाले बिभिन्न अवसरबाट बञ्चित हुनु पर्नेछ । प्रयास गर्दा नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । प्रेम सम्बन्ध सुदृड हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ ।काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । अदालति तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् भने पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चुनौती सामना गर्नुपर्ला । संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । लेनदेनको कारणले विवाद आउने सम्भावना छ ।कामबाट समुचित मूल्याङ्कन प्राप्त हुँदैन । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ । घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यापार–व्यवसायमा सामान्यतया लाभै हुनेछ । आकस्मिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा किचलोको सम्भावना पनि छ । परिवारजन टाढिन सक्छन् ।बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ । आफन्तबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । नयाँ मानिसको आगमनले मनमा उत्साह जाग्नेछ ।दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ, माया प्रेमको सम्बन्ध झन मजभुत हुँदै जाने योग रहेकोछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रतिभाको उच्च मुल्याङकन हुनेछ, प्रतिष्ठा कमाउने बेला छ । परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुन सक्छ ।गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले केहि समयका लागि टाडिनु पर्ने हुन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ ।अल्छीपन र आलस्य त्याग्न सके आजको दिन राम्रै छ । मिश्रित फल प्राप्त हुने सम्भावना छ । लापरबाही गरेमा कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनको डर उत्साहमा रूपान्तरित हुने योग छ ।आफन्त घर परिवार भनेजस्तो सहयोग तथा समर्थन पाईनेछ । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ ।सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछ । फाइदा हुने काममा लगानी बढाउन सकिने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
शाहष तथा पराक्रममा बृद्धि हुननेछ ।आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ ।माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ ।
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१