काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनि गरिएको सम्बोधनप्रति कटाक्ष गरेका छन् । यसबाट राजतन्त्रकालको झल्को आएको उनको टिप्पणी छ । प्रवक्ता शर्माले ट्विट गर्दै राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन भनेका छन् ।
उनले लेखका छन्, ‘राष्ट्रपतिलाई राष्ट्रपतिनै रहन दिऊ सरकार, राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन ! दशैंको टीका प्रकरण अनि आजको ‘मेरो सरकार’ सामान्य त्रुटि विल्कुलै होइन !’
यसअघिका नीति तथा कार्यक्रमा प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले ‘यस सरकार, संघीय सरकार वा नेपाल सरकार’ भन्ने गरेकी थिइन् । तर, यसपालीको नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले पहिलोपटक ‘मेरो सरकार’ भनेकी हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१