ज्ञानु पंगेनी
कावासोती । नवलपरासी पूर्वको बिकट पहाडी क्षेत्रका बासिन्दालाई सहज सेवा दिने उद्घेश्यले जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले आयोजना गरेको दुई दिने घुम्ति शिविरमा दुई सय ४६ जनालाई नागरिकता वितरण गरिएको छ । दुई दिनसम्म चलेको घुम्ति शिविरबाट अपाङ्गता भएका व्यक्ती,महिला,लगाएत गरि दुई सय ४६ जनाले नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वका प्रशासकिय अधिकृत आनन्द शर्मा भुषालले जानकारी दिए । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बौदिंकाली गाउंपालिकालाई लक्षित गरेर प्रशासन कार्यालयले दुई दिने घुम्ति शिविरको आयोजना गरेको थियो । पहिलो दिन शनिवार बवोक,नरम,रुचांका सेवाग्राहीलाई लक्षित गरि व्यागनमा शिविर संचालन गरिएको थियो । आईतबार मिथुकरम,रकुवा,डेढगाउंका सेवाग्राहीलार्य लक्षित गरि डेढगाउंमा घुम्ति शिविरको आयोजना गरिएको थियो । जिल्ला प्रशासन कार्यालय कावासोतीमा नागरिकता बनाउन आउदा दुई दिन लाग्नेमा गाउंमै नागरिकता प्राप्त गर्दा घुम्ति शिविरमा नागरिकता प्राप्त गर्दा स्थानीयले खुसी समेत व्यक्ती गरेका छन् । पहाडी क्षेत्रबाट नागरिकता लिन कावासोती सम्म आउदा धेरै समय र खर्च लाग्ने गरेकोमा गाउंमै सहज रुपमा नागरिकता प्राप्त गर्दा खुसी लागेको सेवाग्राहि उज्वल ओझाले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१