बिजय चालिसे
कावासोती, १० बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नवलपुरका जिल्ला सदस्यहरु पारसमणि गौतम र दिपक कुमार घर्तीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई पत्र लेख्दै आत्मसमर्पण गरेको जनाएका हुन् । साथै, विप्लव समूह परित्याग गरी स्वतन्त्र रुपमा आफ्नो पेशा र व्यवसायमा लाग्ने प्रतिवद्धता पनि जनाएका छन् ।
पहिल्लो समय सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै नवलपुर प्रहरीले विप्लव नेतृत्वका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । उनीहरु हिजो मात्रै जनही ५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । उनीहरुलाई सत्तारुढ नेकपा नवलपुरले जिम्मा लिएको प्रमुख जिल्ला अदिकारी नेपालले जानकारी दिए । यसअघि वैशाख ८ गते नवलपुर जिल्ला सदस्य रहेका धन बहादुर मर्दनियाले पनि पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१