कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुर जिल्लाको सदरमुकाम नेपालकै नमुना सदरमुकाम हुने बताउनुभएको छ । नमुना नवलपुर सदरमुकामको शिलन्यास कार्यक्रमलाई आज ( शनिबार) सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले अन्य जिल्लाको लागी पनि नवलपुरको सदरमुकाम अध्यानको केन्द्र हुने बताउनुभएको छ । २०७४ साल असोज तीस गतेका दिन जिससको कार्यालय स्थापना भएयता अहिले नवलपुर जिल्लामा प्रदेश र संघ मातहतका सबैजसो कार्यालय स्थापना भएका छन् । अहिले विभिन्न स्थानमा छरिएर रहेका कार्यालयलाई व्यस्थित बनाई कावासोतीमा नेपालकै नमुना सदरमुकाम बनाउन लागीएको हो ।
नागरिकलाई सहज र सरल रुपमा सेवा उपलब्ध गराउन नवलपुरको सदरमुकाम कावासोती नगरपालिका–३, मा रहेको खुल्ला चौरमा एकीकृत कार्यालय स्थापना गर्ने योजना रहेको छ । प्रतिनिधि सभा सदस्य तिलक महतसहितका व्यक्तिको पहलमा यहाँ रहेको एक सय ७९ बिगाहा खाली जग्गा नेपाल सरकारको नाममा प्राप्त भएसँगै एकीकृत कार्यालय स्थापनाको पहल सुरु भएको हो ।
स्थानीय तह, प्रदेश र संघीय कार्यालयहरु एकीकृत रुपमा स्थापना गर्ने लक्ष्य रहेकाले प्रधानमन्त्री केपी शर्मा ओली शनिबार दिउँसो शिलान्यासका गनुभएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१