कावासोती । पूर्बि नवलपरासीको अरुणखोलामा सुनौलीबाट काठमांडौ हिडेको बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । शुक्रबार राती साढे दश बजेको समयमा मध्यबिन्दु नगरपालीका १० स्थित दुम्कीबास–अरुणखोला जंगलमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ६ ख २४८१ नम्बरको बस बिग्रि रोकिराखेको ना ६ ख १६१८ नम्बरको ट्रकको पछाडी ठोक्कीन जादा उक्त्त दुर्घटना भएको हो । दुर्घटनामा परी तनहुँ सुक्लागण्डकी गाँउपालीका २ बस्ने वर्ष २२ को रामु सुनारको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । घाईतेहरुको भरतपुरको नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईतेहरुको ः
१)तनहुँ सुक्लागण्डकी गाँउपालीका २ बस्ने वर्ष २२को नेत्र बि.क. टाउको शरिरको विभिन्न भागमा चोट अबस्था सिरियस ।
२)बाँके बैजनाथ गाँउपालीका ३ बस्ने वर्ष २२ को रमेश शाही खुट्टा र टाउकोमा चोट अबस्था सिरियस ।
३) नवलपरासी पूर्ब देवचुली नगरपालीका १४ बस्ने वर्ष ३५ को बुद्दीनाथ पौडेल दाहिने हातखुट्टामा र मुखमा चोट अबस्था मध्यम ।
४) काठमाण्डौ बस्ने वर्ष ४० की पदमा अधिकारी दाहिने हातमा चोट अबस्था सामान्य ।
५) काठमाण्डौ बस्ने वर्ष ३७ की सुस्मा देवकोटा दाहिने हातमा चोट अबस्था सामान्य ।
६) काठमाण्डौ बस्ने वर्ष १७ की सिल्या देवकोटा टाउको मा चोट अबस्था सामान्य ।
७) काठमाण्डौ बस्ने वर्ष ७० की लिला देवकोटा टाउको मा चोट अबस्था मध्यम ।
८) काठमाण्डौ बस्ने वर्ष १५ को अभिनय देवकोटा दाहिने हात खुट्टामा चोट अबस्था सामान्य ।
९ ) काठमाण्डौ बस्ने वर्ष ४३ को सुनिल कुमार देवकोटा दाहिने हातमा चोट अबस्था सामान्य ।
१०) नवलपरासी पूर्ब देवचुली नगरपालीका ४बस्ने वर्ष३०को भोजराज भट्टराई दाहिने खुट्टामा चोट (सामान्य)