चितवन । बारा र पर्साका हावाहुरी पीडितलाई अस्थाई बस्ती बनाउन चितवनका कान्छा सामाजिक अभियान्ता विमल सापकोटा बारा पुगेका छन् । आर्थिक र अन्य राहात सामाग्री नलेगे पनि सोही ठाँउमा गएर आफुले अस्थाई बस्ती बनाउने कार्यमा सक्रिय भएको विमलले बताएका छन् । सबैले राहात सामाग्री लगेको तर अस्थाई बस्तीको लागी टहरा बनाउने कार्यमा नखटीएको देखे पछि बिमल सहित चितवनका ३ जना अस्थाई टहरा बनाउन खटीएको बताएका छन् । बारा र पर्साका हावाहुरी पीडित स्थानिय र आफ्नो टोलीले भोली सम्म करिब २ सय अस्थाई टहरा बनाई सक्ने बिमलले बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१