कावासोती । पूर्बि नवलपरासीको नेकपा कावासोति ६ ले विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । बाटो निर्माणको क्रममा सम्पूर्ण घर नै बाटोमा परेपछि नयाँ घर निर्माणका लागि वडा कमिटीले कावासोति ६ का आनन्द भट्टराईलाई ५८ हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो । राहत रकम ५८ हजार १० रूपैयाँ नेकपा नवलपुर जिल्ला कमिटी सदस्यले हुमलाल सुवेदीले भट्टराईलाई हस्तान्तरण गरे ।
वडा कमिटी र नेकपाका सक्रिय सदस्यहरूबाट संकलन भएको सहयोग रकम बिहिबार हस्तान्तरण गरिएको हो । राहत हस्तान्तरण कार्यक्रममा बोल्दै नेकपा नवलपुर जिल्ला कमिटी सदस्य हुमलाल सुवेदीले सत्ता र सरकार फरक बिषय भएको भन्दै नेकपाले हाल सरकारको नेतृत्व गरिरहेको भएपनि अझै सत्ता पूर्णरूपमा आउन बाँकी रहेको बताए । उनले नेकपाको सत्ता स्थापित भएपछि गरिव सर्वहारा वर्गको नेतृत्व स्थापित हुने बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१