बिजय चालिसे
कावासोती । प्रधानमन्त्री केपी शर्मा ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतका शिर्ष नेताहरु बैशाख ३ गते नवलपुर आउनेहुनु भएको छ । बुधबार नवलपुरमा भएको एक कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य एंव नेकपाका केन्द्रिय सदस्य तिलक महतले जिल्ला सदरमुकाम कावासोती वडा नंबर ३ मा रहेको जग्गामा सरकारी कार्यालय व्यबस्थापनका लागि शिलन्यास गर्न उहाहरु आउन लाग्नुभएको जानकारी दिनुभयो । सो कार्यक्रममा उपस्थिती जनाउन पनि उहाले सबैलाई आग्रह गर्नुभएको छ । अहिले यत्र तत्र छरिएर रहेका सरकारी कार्यालयबाट सेवा लिन आम सर्वसाधारणलाई असहज भएकाले अब एउटै कम्पाउण्डबाट सबै सरकारी सेवा प्रवाह गरिने उहाको भनाई छ । प्रधानमन्त्री ओलीको प्रमुख आतित्थ्यतामा हुने शिलन्यास कार्यक्रमलाई व्यवस्थित र व्यापक जनसहभागिताका साथ सम्पन्न गराउन प्रतिनिधि सभा सदस्य महत, जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल र कावासोती नगर प्रमुख चन्द्रा कुमारी पुनसहितको सहभागितामा छलफलसमेत भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१