दयाराम आचार्य
कावासोती। संघीय सांसद क्षेत्र विकास कोष अन्र्तरगत नवलपरासी पूर्व नवलपुर क्षेत्र नम्बर दुईमा २० वटा योजना छनौट गरिएको छ । योजना छनौट गर्न सांसद विकास कोषमा प्रतेक सांसद्का लागि रु चार करोड विनियोजन गरिएको छ । सोही विनियोजित रकम मध्य नवलपुर क्षेत्र नम्बर दुईमा बीसवटा योजना छनौट गरिएको छ ।
छनौट गरिएका योजनाहरुमा सडक ,खोला तटवन्धन,विद्यालयका भवन निर्माण,अस्पतालमा ‘आईसीयु कक्ष’ ,खेलमैदान,कभर्डहल निर्माण ,दलित वस्तीमा विद्युतीकरण विस्तार लगाएतका रहेका छन् ।
विनियोजित रकम मध्य रु ५० लाख बढीका दुई योजना हुनुपर्ने प्रावाधान रहेको छ । दुई ठुला योजनामामा विनयी त्रिवेणी गाउंपालिका वडा नम्बर ६ र ७ मा पर्ने गुल्लर खोला–टिकाराम खोला–अम्चुरा खोला तटबन्धन र मध्यविन्दु नगरपालिका १४ मा पर्ने अरुणखोला –दमार –मित्याल–रामपुर सडक निमार्ण परेका छन् । दुवै योजनाका लागि रु ५०÷५० लाख विनियोजन गरिएको छ ।
अन्य योजनाहरुमा विनयी त्रिवेणी गाउंपालिकामा दुम्किवास थमाली टोल सडकका लागि रु १७ लाख,एक्सेसाल देखी चिसापानी हुदै धुरकोट सडककालागि रु १७ लाख विनियोजन गरिएको छ ।
मध्यविन्दु नगरपालिका अन्र्तगत भिठ्ठा –टिकुलीटार–तल्लो भिउरान सडकका लागि रु २७ लाख ,राकाचुलीमा विद्युतिकरणका लागि रु १० लाख, मध्यविन्दु दुई शितलचोक दखी बुद्धचोक सडकका लागि रु ११ लाख, सरस्वती मावी मैनाघाटको भौतीक पूर्वाधार निर्माणकालागि रु ११ लाख विनियोजन गरिएको छ ।
हुप्सेकोट गाउंपालिका अन्र्तगत झ्यालवास–बुद्धचोक,जुकेपानी – हसौरा सडकका लागि रु तीस लाख, गुरुंघाट –लाखनी–तल्लो रुम्से सडकका लागि रु ११ लाख , शिक्षा वोधनी मावीको भवन निर्माणमा रु १० लाख विनियोजन गरिएको सांसद् तिलक महतले जानकारी दिए ।
बौदिकाली गाउंपालिकामा सांसद् क्षेत्र विकास कोषको योजना अन्र्तगत नारी भञ्या¨–रिठ्ठे–चारडाडा–कुवाकोट–राईका–बाझोवारी सडकका लागि रु १७ लाख, फलाम खानी–ल्हापे–माझडांडा–नगरडांडा–डेढगाउं सडकका लागि रु १७ लाख, बवोक–चापाभञ्याङ्क–हर्वले – मिनामकोट–झरेकडांडा–पोखरीछाप सडककालागि रु १७ र बौदिकालीमा रहेको दलित वस्तीमा विद्युतिकरणका लागि रु १० लाख विनियोजन गरिएको छ ।
कावासोती नगरपालिकामा त्रिभुवन वाल मावि ढोकीको विज्ञान भवन निर्माणमा रु २० लाख, पुरानो कावासोती देखी भैरवथान सडकमा रु २० लाख, मध्यविन्दु सामुदायिक अस्पतालमा आईसियु कक्ष निर्माण र शहिद स्मृती महिला सामुदायिक महिला अध्यन केन्द्रको भवन निर्माणमा रु १०÷१० लाख विनियोजन गरिएको छ ।
यसैगरि नवजागर खेलमैदान,समुदायमा आधारित अपाङ¨ पुर्नस्थापना,रमा स्मृती कभर्डहल,कुसेण्डे खेल मैदान व्यवस्थापनकालागि रु ३५ लाख विनियोजन गरिएको सांसद महतले जानकारी दिए । छनौट गरिएका योजना मङ्सिर महिना बाटनै कार्यान्वयनको चरणमा जाने उनले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१