कावासोती । पूर्बि नवलपरासीको बुलिङटार गाँउपालिकाको अध्यक्ष र कर्मचारीको बिवाद जिल्ला प्रशासन कार्यालय नवलपुरमा आईतबार मिलेको छ । प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालका अनुसार कर्मचारीले कानुन बमोजिम काम गर्ने र गाँउपालिका अध्यक्ष र जनप्रतिनिधिले कानुन बमोजिमका काममा सहयोग गर्न सहमती पछि बिवाद मिलेको बताएका छन् । गत बिबाहार देखि बुलिङटार गाँउपालिकाका अध्यक्ष शशि किरण बस्ताकोटीले ३ कर्मचारिहरुलाई लखेटे पछि ति कर्मचारीहरु सदरमुकाम कावासोतीमा बसेको थिए । आफुले भने अनुसारको काम नगरेको भन्दै गाँउपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृतसहित ३ जनालाई लखेटेका थिए । गत बिहिबार देखि अध्यक्षका कारण गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण अधिकारी, लेखापाल रघु काफ्ले र इन्जिनियर संजय कुमाल कार्यालय छाडेका थिए ।
प्रमुख प्रशासकिय अधिकृत अधिकारीका अनुसार स्थानिय तहमा भएका नदिजन्य पदार्थ ठेक्का टेण्डरमा लैजाने कुरामा नै गाँउपालिकाका अध्यक्षको चित्त नबुझेको कारण बिवाद देखा परेको बताएका थिए । उनले टेण्डर गरीसकेपछि पनि गाँउपालिकाका अध्यक्ष आफैले नै खोलामा ट्रयाक्टर हाल्न लगाउने गरेपछि प्रहरी प्रशासन लगाएईको तर प्रहरी प्रशासनले समेत नियन्त्रण गर्न नसकेपछि आफै खोलामा पुगी जवरजस्ती नदीजन्य पदार्थ निकासी गर्ने ढुवानीको साधन नियन्त्रणमा लिइएको बताएका थिए ।
गाँउपालिकाका अध्यक्ष बस्ताकोटीले यहाँ जनप्रतिनिधिको राज चल्छ , कर्मचारीको राज चल्दैन , जनता उठाएर लखेटिन्छ भनेर धम्कि दिएपछि ज्यान जोगाउन आफुहरु कार्यालयमा बस्न नसकेको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१