ज्ञानु पंगेनी
कावासोती । भुकम्पबाट क्षती पुगेका निजी आवास पुनर्निमाणको काममा स्थानीय तहले वेवास्ता गर्ने गरेको गुनासो गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वय इकाइ नवलपुरले शुक्रवार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला आयोजना कार्यान्वय ईकाइका प्रमुख राजेन्द्र कार्कीले नवलपरासीमा रहेका स्थानीय तहहरुले पुननिर्माणको कामप्रति चासो नदिएको गुनासो व्यक्त गरे । भुकम्प प्रभावितहरुको पुननिर्माणको काममा रकम निकासा देखि सिफारिस लगायतका काम स्थानीय तहबाट गर्नुपर्ने हुदा सहजताका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणले स्थानीय तहसंग ११ बुदे सम्झौता समेत गरेको थियो । तर पनि प्राधिकरणको काममा स्थानीय तहले समन्वयकारी भुमिका समेत निर्वाह नगरिदिएको गुनासो राखे । यस्तै उनले नवलपरासीमा कुनै पनि गुनासो नआउने गरि काम गर्न प्राधिकरण लागि परेको बताएका थिए । नवलपरासी जिल्ला पुननिर्माणको काम सम्पन्न गर्ने पहिलो जिल्लाका रुपमा स्थापित हुने गरि प्राधिकरणले काम गरिरहेको कार्काीले बताए । कार्यक्रममा उनले नवलपरासी पूर्व र पश्चिममा भुकम्पबाट क्षती पुगेका ५४ प्रतिशत घर निर्माण सम्पन्न गरि तेश्रो किस्ताको रकम बुझेको जानकारी गराए ।
नवलपरासी जिल्लामा भुकम्पका कारण आठ सय बहत्तर घरमा क्षती पुगेको थियो जसमध्ये ४ सय ६८ जनाले घर निर्माण सम्पन्न गरि सकेका छन् । भुकम्पबाट क्षती पुगेका घरधनी मध्ये ८७ प्रतिशतले दोश्रो किस्ताको रकम बुझेको प्रमुख कार्कीले जानकारी दिए ।
नवलपरासी जिल्ला पूर्व र पश्चिममा गरि १२ सय १६ जनाले गुनासो दर्ता गरेका छन् । निजि आवास पुनर्निमाण लाभग्राहिको सूचिमा सूचिकृत हुनपा“उ भनी निवेदन दिनेहरुको बिषयमा सर्वेक्षणबाट एकिन गरि कार्य गरिने कार्यालयले जनाएको छ ।पहिलो चरणमा लाभग्राहिको सूचिमा सूचिकृत दोश्रो किस्ता लिएका धेरै लाभाग्राहीले घर निर्माणको कार्य अन्तिम चरणमा पुर्याएकाले पहिलो चरणको निजि आवास पुनर्निमाणको काम चाडै सम्पन्न हुने कार्यालय प्रमुख कार्कीले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१