
हेटौंडा । यात्रुबाहक बसमा माथिबाट खसेको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ ।त्रिभुवन राजपथको हेटौडा-भैंसे सडकखण्डका भुलभुलेमा माथिबाट खसेको ढुंगा लागेर बसका यात्रु मकवानपुरगढी गापा ८ की १२ वर्षिया रिकु थिङको मृत्यु भएको हो ।
त्रिभुवन राजपथ हुँदै भीमफेदीको ईचुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३३१० नं. को यात्रु बोकेको लोकल बसमा अचानक माथि भिरबाट ढुङ्गा खसी बसकी यात्रु थिङ घाइते भएकी थिइन् ।
हेटौंडा अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका निम्ति चितवन लगिएको थियो । उपचारकै क्रममा थिङको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय हेटौंडाले जनाएको छ ।