पोखरा । गण्डकी सरकारमा सहभागी हुने एमाले मन्त्रीहरुको सथप आजै दिउसो साँढे १ बजे हुने भएको छ । पोखराको ड्याम साइड स्थित पर्यटन बोर्डको कार्यालयमा सपथ ग्रहण गराउने तयारी गरिएको छ ।
नवनियुक्त मन्त्रीहरुको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगे लगत्तै सथप ग्रहणको तयारी थालिएको छ ।
एमालेका तर्फबाट गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्री बन्दै छन् । मन्त्री बन्नेहरुको नामावली संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाइसकेका छन् ।एमालेबाट कास्कीका प्रकाश केसी, बाग्लुङका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र नवलपुरकी पद्मा जिसी मन्त्री बन्दै छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१