कावासोती । नवलपुरको मध्यविन्दुमा खोलाले मोटरसाइकल बगाएको छ । मध्यविन्दु ९ बसन्तपुरमा रहेको खहरे खोलाले २८ प ६९५ नं को मोटरसाइकल बगाएको हो ।
हुप्सेकोट गिरुबारीबाट मोटरसाइकलमा तरकारी लिएर बेच्न हिडेका देव बहादुर मगर र उनकी छोरी तुलसी फालमगर चढेको मोटरसाइकल खहरे खोलाको बाढिले बगाएको नवलपुर प्रहरीले जनाएको छ । मोटरसाइकल र बेच्न लैजान लागिएको तरकारी खोलाको बाढिले बगाएको भए पनि मोटरसाइकलमा सवार बाबु छोरीको भने उद्धार गरिएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाबु छोरीलाई उद्धार गरेर घर पठाईएको र उनिहरुको मोटरसाइकलको खोजी भैरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१