नवलपुर । पछिल्लो ३ घण्टामा नवलपुरको डण्डास्थित वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
सो क्षेत्र भई बहने नारायणी नदी र त्यसका सहायक नदीहरु तथा अन्य स-साना खोलामा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाको छ । त्यसैले नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
नवलपुरमा ६ घण्टाको अवधिमा १४७.४ र तीन घण्टा अवधिमा ८६.६ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी चितवनको देवघाटमा तीन घण्टाको अवधिमा ७१.४ र पाल्पाको अर्चलेमा ६०.६ मिलिमिटिर वर्षा मापन भएको छ । नवलपरासी पश्चिमको देउरालीमा ५७.२ मिलिमिटर वर्षा मापन भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१