कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको वडा नं १ मा रहेको बगुबनको बस्तीमा बिहानै बाघ पसेको छ । बस्तीमा पसेको बाघले आक्रमण गर्दा गोठमा बाधेर राखेका भैंसी र बाख्रा मरेका छ्न ।
मदरबाबा सामुदायिक वनबाट निस्किएको बाघको आक्रमणबाट लालमती खंगा मगरको गोठमा रहेका दुईवटा बाख्रा र खेमबहादुर खंगा मगरको भैसी मरेका हुन ।
बाख्रा र बाघलाई मारेको बाघ अहिले नजिकैको मकै बारीमा पसेर लुकेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको र बाघ नियन्त्रणको लागि चितवन राष्ट्रिय निकुञ्ज सँग समन्वय भैरहेको प्रहरीले जनाएको छ । बाघ मकै बारीमा पसे पछि स्थानिय त्रसित भएका छ्न ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१